अनुराग कश्यप ब्यवसायीक हिसाबले असफल निर्देशक हुन् तर यीनै असफल निर्देशकले कति सफल कलाकार बलिउड लाई दिए आउनुस एकछिन चर्चा गरौं।
प्रथमत: Gangs Of Wassypur बाट शुरु गरौं, कति Underrated कलाकारले यो चलचित्र बाट सफलताको सिंढी चढे।
जयदिप अहलावत, साहिद खानको पात्रबाट यी संघर्षरत कलाकारले छुट्टै चिनारी पाए, अन्ततः आज उनी राजी, पाताललोक जस्ता सफल फील्म/सिरिज गरेर सफल कलाकारका रुपमा स्थापित भए।
हजरात हजरात हजरात, लामो मनमुटाब पछि मनोज वाजपाई र अनुराग कश्यपले साथमा काम गरे, सरदार खानको पात्र निभाएका वाजपाईले यस चलचित्रबाट ब्यवसायीक रुपमा कम्ब्याक गरे त्यसपछि उनलाई पछाडि फर्केर हेर्न परेको छैन।
Gangs Of Wassypur बाट सबैभन्दा फाइदा जसलाई भयो उ हुन नवाजुद्धिन सिद्धकी, दशकौंको संघर्ष पछि यो चलचित्रले उनलाई जति ख्याति र पैसा दियो त्यो उनैको पनि कल्पनाको बाहिरको कुरा थियो। बापका दादाका भाइका सबका बदला लियो यो फैजलले।
नवाजुद्धिन पछि अर्को सबैभन्दा सफल कलाकार बने पंकज त्रिपाठी। सुल्तान कुरेशीको यो भुमिका गरेपछि यी अर्का संघर्षरत कलाकारले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्न परेन। त्यसपछिका उनका सफलताका किस्सा यहाँ लेखेर साध्य लाग्दैन।
"सेक्स करना चाहता हुँ तुम्हारे साथ“, यो दृश्य याद छ? नवाजुद्धिनकी प्रेमिका बनेर बलिउडमा छिरेकी हुमा कुरेशीले पनि आफ्नो छुट्टै स्थान बधाईन।
हुन त यी दिवाकर बनर्जीको फिल्म बाट बलिउडमा आएकी थिइन तर रिचा चढ्ढाको बास्तबिक उदय यो चलचित्र बाट भयो। त्यस उप्रान्त पनि रिचा उस्तै बोल्ड अभिनयका लागि चिनिन्छिन्।
राजकुमार राव केही चलचित्रमा देखा परिसकेको भए पनि खासै चर्चामा थिएनन्, तर Gang of Wassypur पछि उनले सफलताका सिंढी मात्रै चढे र आज एक सफल लिडिंग हिरो बनेका छन्।
विनित कुमार सिंह, ससाना भुमिकामा खेल्दै आएका यी कलाकार दनिश खानको पात्रबाट जमेर आज बलिउडमा स्थापित भएका छन्।
अब अरु चलचित्रका कुरा पनि गरौं, उनैको पहिलो तर रिलिज नभएको चलचित्रबाट एक कलाकार जन्मिए के के मेनन। आज बलिउडमा खतरा अभिनय गर्ने कलाकार मध्यमा यी अग्रपङ्क्तिमा आउँछन्। कश्यप र मेननको गुलाल हेर्नुभएको छ भने यी दुवैको जादुको बारेमा जानकारी भएकै होला।
देवदासको आधुनिक संस्करण Dev D आफैंमा एउटा परिवर्तनकारी चलचित्र थियो, त्यसबाट आफ्नो अर्कै परिचय बनाउन सफल भएका थिए अभय देओल। यति राम्रा कलाकार उदाएर अस्ताएको देख्दा भने दुख लाग्ने रहेछ।
अनुराग Dev D पछि निर्माणमा पनि लागे। ठुला कम्पनीको सहकार्यमा उनले धेरै प्रतिभावान निर्देशकहरूलाई बलिउडमा डेब्यु गराए जसमा राजकुमार गुप्ता Aamir, बिक्रमादित्य मोतवाने Udaan बिजोय नाम्बेयर Shaitaan, हंसल मेहता* Shahid, रितेश बत्रा Lunchbox, बिकास बहल Queen, निरज घ्यहान Masaan..
यी अघिल्ला ट्विटमा उल्लेखित निर्देशकहरू अहिले सफल निर्देशक मध्यमा पर्छन्। तर यत्रा कलाकारलाई उँघो लगाएका अनुराग आफैं भने खासै सफल पनि हुन सकेनन् र सँधै बिवादमै रहिरहे।
तर अनुराग कश्यपको यति भरोसा लाग्छ कि उनले सजेस्ट गरेका सबै चलचित्र हेर्ने गरेको छु र कहिल्यै पनि निराश भएको छैन। त्यसैले आज यो थ्रेड लेख्न मन लागेर आयो।
@anuragkashyap72 I have written a thread about you in Nepalese, decode yourself if you can.
You can follow @being_nrb.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled:

By continuing to use the site, you are consenting to the use of cookies as explained in our Cookie Policy to improve your experience.